अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल, फ्रान्स र जर्मनका पर्यटक बढी
लमजुङ | बैशाख ५, २०८०
लमजुङ: चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एकसय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
केही हप्ताअघिसम्म यस पदमार्गमा न्यून रहेको पर्यटक अहिले भने बढ्दै गएको यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हप्ता अघिसम्म दैनिक ४०÷५० जना पर्यटक आउने गरेकामा सो सङ्ख्या बढ्दै एक सय ५० जनासम्म दैनिक रुपमा आउने थालेका छन् ।
यस याममा विगतका वर्षमा दैनिक पाँच सयजनासम्म पनि आउने गरेका थिए, तर त्यति पर्यटक नआए पनि केही हप्ताअघिको तुलनामा पर्यटक वृद्धि भइरहेको उहाँको भनाइ छ । पर्यटक सङ्ख्या अझै बढ्दै जाने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् ।
मस्र्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो, “पर्यटक नआउँदा होटलको व्यवसाय सुस्ताएको थियो तर यतिबेला दैनिक आम्दानी बढ्न थालेको छ ।”
पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार यस पदमार्ग आसपासमा सैयौँ सङ्ख्यामा होटल व्यवसायहरु सञ्चालनमा छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका अनुसार यहाँ आउने पर्यटकमध्ये फ्रान्स, जर्मन लगायतका देशका नागरिक बढी छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ ।
यस पदमार्ग आसपासमा रहेको पर्यटन व्यवसायीहरुले अन्नपूर्ण पदमार्गमा आउने पर्यटक गाइड बिना पनि आउन पाउने माग राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङ, मस्र्याङ्दी गाउँपालिकालगायत सम्बधित निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।
मनाङ-लमजुङ होटल व्यवसायी समितिका उपाध्यक्ष खुशिराम गुरुङले भन्नुभयो, “केही समयअघि टानले गरेको निर्णयले एकल पर्यटक आउन रोकिएपछि व्यवसायसमेत घट्न थालेकाले सो निर्णय फिर्ता लिनका लागि विभिन्न निकायमा आज ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छौँ ।”
यस्तो निर्णयले गाइड बिना आउन चाहने पर्यटकलाई पनि बढी पैसा खर्च हुने हुँदा पर्यटक अन्यन्त्र मोडिन थालेकाले व्यवसायीदेखि नेपाललाई नै घाटा हुने उहाँको भनाइ छ । मनाङदेखि लमजुङको होटल व्यवसायहीहरुको संयुक्त हस्ताक्षरसहित उक्त माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

